एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रकचर बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले १० लाख कित्ता सेयर बिक्री गर्न गोप्य शिलबन्दी बोलपत्र आव्हान गरेको हो । शेयर प्रति कित्ता न्यूनतम मूल्य १०१ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले असार १० गतेदेखि १७ गतेसम्म आवेदन दिन सक्ने छन् ।
योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले असार १७ गते कार्यालय समयभित्र बिक्री प्रबन्धक एन आई सी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर नेपाल, थापाथली – ११, काठमाडौंमा आइपुग्ने आवेदन दिन सक्ने छन् ।
लगानीकर्ताले एनआईसी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालयः ट्रेड टावर नेपाल, थापाथली, काठमाण्डौ शाखा कार्यालयहरुः विराटनगर–३, मोरङ्ग, आदर्शनगर, वीरगंज, महेन्द्रपुल, पोखरा, श्रवणपथ, बुटवल, हस्पिटल लाइन, धनगढी र विरेन्द्रनगर, सुर्खेतबाट आवेदन दिन सकिने छ ।
शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १० हजार कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम माथि उल्लेखित सम्पूर्ण शेयर संख्याको लागि आवेदन दिन सकिनेछ । तर शेयर खरीद गर्न आवेदन गरेको कुल शेयर कित्ता जोड्दा सम्बन्धित नियमनकारी निकायले एउटा व्यक्ति, एकाघर परिवारका सदस्य वा संस्थाले खरीद गर्न वा राख्न पाउने भनी तोकेको अधिकतम संख्या सीमा भन्दा बढी नहुने गरी आवेदन पेश गर्नु पर्नेछ । दशमलवमा ( खण्डित रुपमा ) आउने गरी शेयर संख्यामा आवेदन गर्न पाइने छैन ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया