टेरामेक्स खरिद प्रकरणमा आरोपी मुख्य सचिव अर्याल राजीनामा दिने तयारीमा

0
Shares

मुख्य सचिव डा. बैकुण्ठ अर्यालले राजीनामाको तयारी गरेका छन् । टेरामेक्स खरिद प्रकरणमा भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गर्ने भएपछि उनले राजीनामाको तयारी गरेका हुन् ।

शुक्रबार अख्तियारले टेरामक्स र सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा हाल्ने निर्णय गरेको थियो भने आज सो मुद्धा दायर गर्न अख्तियारको टोली विशेष अदालत पुगेको छ ।

आफूविरुद्ध मुद्धा दायर हुने भएपछि मुख्य सचिव अर्यालले राजीनामा सहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेको बुझिएको छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले अर्याललाई आफ्नो स्वविवेकमा निर्णय गर्न भनेका थिए ।

अर्याल सञ्चार सचिव हुदा भएका यी प्रकरणमा अख्तियारले अनुसन्धानपछि डेढ अर्बभन्दा बढीको भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ ।

अर्याललाई सरकारले विसं २०८० जेठ ३२ गते मुख्यसचिव नियुक्त गरेको थियो। भ्रष्टाचार मुद्दा दायर भएलगत्तै उनी स्वतः निलम्बनमा पर्नेछन्। अर्यालले २०८० असार २ मा सचिवको पाँच वर्षे कार्यकालबाट अवकाश पाउँदै थिए । त्यसको ३ दिनअघि नै सरकारले उनलाई मुख्यसचिव नियुक्त गरेको थियो ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।