सोमबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा


सोमबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसामा कारोबार भइरहेको छ । अमेरिकी डलरको भाउ आइतबार पनि सोही भाउमा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार युरोको खरिद दर १४२ रुपैयाँ ६० पैसा र बिक्री दर १४३ रुपैयाँ २४ पैसा रहेको छ । आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, सोमबार बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६५ पैसा र बिक्री दर १६९ रुपैयाँ ४१ पैसामा कारोबार भइरहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ५६ पैसा र बिक्री दर ८८ रुपैयाँ ५६ पैसा रहेको छ ।

सोमबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३० पैसा र बिक्री दर २८ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ५५ पैसा र बिक्री दर ३५ रुपैयाँ ७१ पैसा रहेको छ । सोमबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६० पैसा छ भने बिक्री दर ९ रुपैयाँ ६५ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।