सुनको भाउमा सामान्य वृद्धि, सोमबार कतिमा हुँदैछ कारोबार ?


सोमबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । आइतबार २ हजार ७०० रुपैयाँ घटेको सुनको भाउ सोमबार ३०० रुपैयाँले बढेको हो ।

सोमबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ८२० रुपैयाँ रहेको छ । आइतबार प्रतितोला चाँदीको मूल्य १ हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस सुन २ हजार ३२४ दशमलव ७६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ डलर ५६ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।