प्राइम बैंकले ३ अर्ब ५० करोडको ऋणपत्र निष्काशन गर्ने

0
Shares

प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्काशनका लागि आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ ।

बैंकले १०.५ प्रतिशत ब्याजदरको आठ बर्षको समयवधिमा फिर्ता भुक्तानी गर्ने गरि एक हजार अंकित दरको ३५ लाख कित्ता बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो ।

जसमा एक्काईस लाख कित्ता व्यक्तिगत तवरबाट र बांकि (सामुहिक लगानीकोष समेतको) कित्ता सर्वसाधारणमा बिक्री गरिने छ ।

उक्त ऋणपत्र निष्काशनको लागि निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौता–पत्रमा माघ २२ गते बुधबार हस्ताक्षर भयो ।

उक्त सम्झौतपत्रमा प्राइम कमर्सियल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धर र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका थिए ।

आरविवि मर्चेण्ट बैकिङ्क,लि. राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहि धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकिङ्ग लिमिटेड हो ।
आ. व. २०७६।७७ को दोस्रो त्रैमासको प्रतिवेदन अनुसार प्राइम कमर्सियल बैंकको चुक्ता पूँजी ९ अर्ब ६८ करोड जगेडा कोष ३ अर्ब १९ करोड प्रति शेयर आम्दानी २६.८६ रुपैयाँ रहेको छ ।