बुधबार अमेरिकी डलरलगायत कुन विदेशी मुद्राको भाउ कति ?


बुधबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ २० पैसा र बिक्री दर १३३ रुपैयाँ ८० पैसामा कारोबार भइरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार युरोको खरिद दर १४२ रुपैयाँ ७२ पैसा र बिक्री दर १४३ रुपैयाँ ३७ पैसा रहेको छ ।

आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, बुधबार बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ र बिक्री दर १६९ रुपैयाँ ७७ पैसामा कारोबार भइरहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ५९ पैसा र बिक्री दर ८८ रुपैयाँ ९९ पैसा रहेको छ ।

बुधबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३१ पैसा र बिक्री दर २८ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ५० पैसा र बिक्री दर ३५ रुपैयाँ ६६ पैसा रहेको छ । बुधबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ५७ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ६१ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।