भेरी करिडोरको रिम्नामा सडक अवरुद्ध


भेरी करिडोर अन्तर्गत जाजरकोटको भेरी नगरपालिका–१ रिम्ना नजिक पहिरोका कारण सडक अवरुद्ध भएको छ । आज बिहानैदेखि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प भएको छ ।

निरन्तरको वर्षापछि पहिरोले सडक अवरुद्ध भएको भेरी करिडोर आयोजनाका प्रमुख सुनिल रञ्जितकारले बताए । अहिले पहिरो हटाउने काम भइरहेको छ । सडक अवरुद्ध हुँदा जाजरकोट, रुकुमपश्चिम र डोल्पा आवतजावत गर्ने यात्रु बाटोमै अलपत्र परेका छन् । रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।