अर्थ मन्त्रालयका सहसचिवहरूको जिम्मेवारी हेरफेर, बजेट महाशाखामा राना

0
Shares

अर्थमन्त्री वर्षमान पुनले मन्त्रालय माताहातको पाँच जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेका छन् । मन्त्रालयले मंगलबार पाँच जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

अर्थको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख समेत रहेका सहचिव रितेश कुमार शाक्य र भन्सार विभागका उपमहानिर्देशक टंक पाण्डे विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तशुल्क स्टिकर खरिद तथा छपाई प्रकरणमा भ्रष्टाचारको मुद्दा चलाएपछि पुनले सहसचिवहरुको सरुवा गरेका हुन् । अर्थ मन्त्रालयका दुई सहसचिवलाई आइतबार मात्रै अख्तियारले मुद्दा दर्ता गरेपछि निलम्बनमा परेका छन् ।

अर्थ मन्त्रालयले पाँच सहसचिवको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको छ । मन्त्रालयका अनुसार सहसचिव नरेन्द्र कुमार रानालाई बजेट महाशाखा प्रमुखको जिम्मेवारी तोकिएको छ । भ्रष्टाचार मुद्दाका कारण शाक्य निलम्बनमा परेपछि रानाले बजेट महाशाखाको नेतृत्व गर्ने मौका पाएका हुन् । उनी केही समयअघि मात्र नेपाल धितोपत्र बोर्डको अध्यक्षको समेत जिम्मेवारी सम्हाल्ने गरी बोर्ड सञ्चालक भएका थिए । मन्त्री पुनले आफू निकट रानालाई दुई महिनाअघि भरतपुर महानगरको प्रमुख प्रशासकीय अधिकृतबाट अर्थमा सरुवा गरेका ल्याएका थिए ।

यसैगरी अर्का सहसचिव रामप्रसाद आचार्यलाई प्रशासन महाशाखा प्रमुखमा तथा यसअघि प्रशासन महाशाखा प्रमुख रहेका नारायण सापकोटालाई महालेखा नियन्त्रकको कार्यालयमा जिम्मेवारी दिइएको छ ।सहसचिव सुशीला अर्याललाई पनि महालेखा नियन्त्रकको कार्यालयमा जिम्मेवारी दिइएको मन्त्रालय स्रोतले जनाएको छ ।

राम कुमार महतोलाई भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ । उनी केही दिनअघि मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट अर्थ मन्त्रालयमा सरुवा भएर आएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

 

प्रकाशित मिति: १२ असार २०८१, बुधबार  १३ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।