भाटभटेनी सुपरमार्केटले २ हजार युवालाई पार्ट टाइम काम दिने

0
Shares

देशको सबैभन्दा ठूलो सुपर मार्केट्स चेन भएको भाटभटेनी सुपर स्टोर्सले थप दुई हजार युवाका लागि रोजगारी दिने घोषणा गरेको छ । भाटभटेनीका २७ ओटा आउटलेटमा अहिले ६ हजार बढीले रोजगारी पाइरहेका छन् ।

भाटभटेनी सुपर मार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङका अनुसार देशमा युवाहरूका लागि रोजगारीको अवसर कम भयो भन्ने जनगुनासोलाई ध्यानमा राख्दै भाटभटेनीले रोजगारीको अवसर सिर्जना गर्ने निर्णय गरेको हो । काठमाडौंसहित देशभर रहेका भाटभटेनी स्टोरमा आफ्नो पढाई चालु राख्दै काम गर्नचाहने मेहनती युवा युवतीका लागि ‘पार्ट टाइम’ रोजगारी उपलब्ध गराउने सोच अनुरुप यो निर्णय लिइएको गुरुङले बताएका छन् ।

हालसम्म भाटभटेनीमा काम गर्न चाहनेहरूले आठ घण्टा काम गरेर महिना दिनमा सोही अनुसारको तलब बुझ्दै आएकोमा नयाँ योजना अनुसार रोजगारी पाउनेहरूलाई फरक नियम लाग हुने बताइएको छ । नयाँ प्रक्रिया अनुरुप जागिर खाने र काम गर्ने रोजगारलाई हरेक हप्ताको अन्त्यमा नै उनहरूले सो हप्ता कमाएको तलब दिईने व्यवस्था गरिएको पनि गुरुङले बताए ।

यस्तो जागिरको मौका २१ वर्ष भन्दा कम उमेर भएका र कुनै कलेजमा अध्ययनरत रहेका युवा–युवतीलाई मात्र दिइने छ । यसरी जागिर पाउने युवा–युवतीले दिनको चार घण्टामात्र र हप्तामा पाँच दिने काम गर्नेछन् । यसरी जागिर पाउने युवाहरूलाई उनीहरूले कुन दिन कुन समयमा आफ्नो ड्युटी गर्न सक्छन् सकभर सोही अनुसार काम दिइने व्यवस्था मिलाइने छ । सरकारले सबै नागरिकलाई रोजगारी सिर्जना गर्न नसक्ने भएकाले पनि निजी क्षेत्रका तर्फबाट सरकारलाई साथ दिन यो योजना ल्याइएको उनले बताए ।

गुरुङले यसअघि काठमाडौंमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड सहयोगको घोषणा गर्दै काम अघि बढाइसकेका छन् । त्यसबाहेक २०६८ सालमा ११ करोड खर्च गरेर काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सी भवन निर्माण गरिदिएका थिए ।भूकम्पलगत्तै सोही अस्पतालमा गुरुङले १५ करोड लागतमा ईएचएस भवन निर्माण गरिदिएका छन् । उनैले अहिलेसम्म विभिन्न विकट जिल्लाका १४ जनालाई एमबीबीएस एमबीबीएस तहसम्मको अध्ययन गराएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ असार २०८१, बुधबार  १७ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।