एनएमबि बैंकले व्यवसाय अभिवृद्धिमा जोड दिँदै सातै प्रदेशमा मनायो ‘एमएसएमई दिवस’

0
Shares

एनएमबि बैंकले ‘एमएसएमई दिवस-२०२४’ मनाएको छ । बैंकले सातै प्रदेशमा एमएसएमई ग्राहकहरुलाई सम्मान र सहयोग गर्ने उदेश्यले कार्यक्रम आयोजना गरेर एमएसएमई दिवस मनाएको हो ।

कार्यक्रममा बैंकका बिभिन्न शाखाहरुका ८०० भन्दा बढि ग्राहकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा एमएसएमईका ग्राहकहरुलाई लेखा, बित्त, मार्केटिङ्ग, डिजिटलाईजेशन जस्ता बिषयहरुको जानकारी दिँदै यसबाट अधिकतम फाईदा लिएर व्यवसाय अभिवृद्धि गर्नको लागि उत्प्रेरित गरिएको थियो ।

यस कार्यक्रमा उपस्थित ग्राहकहरुबीच एक आपसमा सम्बन्ध जोड्न र उनिहरुको ब्यवसाय प्रवर्दन गर्नको लागि बैंकले सहजिकरण गर्दै ग्राहकहरुलाई उनिहरुको ब्यवसायमा आईपरेको बिभिन्न समस्याहरु समाधान गर्नको लागि सुझाव दिईएको थियो भने उपस्थित केहि ग्राहकहरुले आफ्नो सफलतका कथाहरु समेत सुनाएको थियो ।

एमएसएमई तथा अन्य प्राथमिक क्षेत्रलाई प्राथमिकतामा राख्दै आईरहेको बैंकले, एमएसएमई दिवस बिगत ३ बर्षदेखि मनाउँदै आईरहेको छ । यस्ता कार्यक्रमा उपस्थित ग्राहकहरुले प्रतिस्पर्धात्मक बजारमा आफुलाई शसक्त बनाएर आफ्नो ब्यापार ब्यवसाय बढाउने समेतको आत्मविश्वास बैंकले प्रदान गरेको छ ।

एनएमबि बैंक विगत २८ वर्ष देखि अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आइरहेको, नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो ।

एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १८८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।