बिहीबार यस्तो छ सुनचाँदीको दरभाउ

0
Shares

सुनचाँदीको मूल्य माघ २३ गते बिहीबार स्थीर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार पनि सुन र चाँदी दुबैको भाउ बुधबार कायम भएको मूल्यमा नै कारोबार भैरहेको छ ।

बिहीबार छापाावाल सुन प्रतितोला ७५ हजार २०० रुपैयाँ, तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ९०० रुपैयाँमा र चाँदी प्रतितोला ८७५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

मंगलबारको तुलनामा बुधबार भने सुनको मूल्य तोलामा ८०० रुपैयाँ र चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर कारोबार भएको थियो।