ललिता निवासका जग्गा धितोमा ऋण दिने बैंकलाई कारबाही गर्न सिफारिस

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा धितोमा राखी कर्जा प्रवाह गर्ने बैंकहरुलाई कारबाही गर्न सिफारिस गरेको छ।

आयोगले नेपाल राष्ट्र बैंकलाई पत्राचार गर्दै अख्तियार दुरुपयोग ऐन २०४८ को दफा २८ को उपदफा १ को खण्ड ख बमोजिम ती बैंकहरुलाई कारबाही गर्न नेपाल राष्ट्र बैंकलाई सुझाब लेखि पठाएको हो ।

बालुवाटार जग्गा प्रकरणमा तीन पूर्व मन्त्रीसहित १७५ जना विरुद्ध मुद्धा दायर

यस्तो छ आयोगले दर्ता गरेको ललिता निवास जग्गा प्रकरणको मुद्दा

अख्तियारले ललिता निवास क्यापभित्रका सरकारी, सार्वजनिक जग्गाहरु धितोमा राखी व्यक्ति विशेषको नामबाट २ अर्ब ४१ करोड ६९ लाख ३६ हजार १२५ रुपैयाँ कर्जा प्रवाह भएको जनाएको छ ।

ती जग्गाको धितोमा कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थामा रहेको सर्वसाधारणको निक्षेप सुरक्षण गर्न दोषीमाथि कारबाही, विगो तथा जरिबाना र जग्गा फिर्ताको माग गरेको छ । अख्तियारले ललिता निवास क्यापभित्रको जग्गा धितोमा कुन कुन बैंकले कति कति रकम कसकसलाई ऋण प्रवाह गरेको भने खुलाएको छैन् ।

बुधबार अख्तियारले ललिता निवास जग्गा प्रकरणमा भष्ट्राचार गरेको भन्दै १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।