ललितपुरको लालीगुराँस सहकारीको ३ करोड ठगीमा संलग्न ४ जना पक्राउ

0
Shares

ललितपुरको पुल्चोकमा रहेको लालीगुराँस बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित चार जनालाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको छ।

ललितपुर महानगरपालिका वडा नम्बर ३ पुल्चोकमा रहेको लालीगुराँस सहकारीका अध्यक्ष, कोषाध्यक्ष, प्रमुख कार्यकारी अधिकृतसमेत चार जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो। पक्राउ परेकाहरूलाई ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।

काठमाडौं महानगरपालिका वडा नम्बर १३ घर भई चुनदेवी बस्ने सहकारीका अध्यक्ष ७६ वर्षीय अमरदास श्रेष्ठ, गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर २ घर भई ललितपुर २५ भैसेपाटी बस्ने ४६ वर्षीय प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, सहकारीका कोषाध्यक्ष लाजिम्पाटका ७५ वर्षीय अमृतकुमार अर्याल र संस्थाका सदस्य ललितपुर महानगर ११ का ६१ वर्षीय कदमबाबा जोशी प्रधानलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार उनीहरूमाथि तीन करोड रुपैयाँ सहकारीको बचत रकम ठगी गरेको आरोप छ। यो सहकारीमा २२ हजार जना बचतकर्ता छन् भने जम्मा निक्षेप ६ अर्ब ३० करोड रुपैयाँ छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।