पहिरोले मार्तडी-कोल्टी सडक अवरुद्ध


अविरल वर्षाले पहिरो जाँदा जिल्लाको पूर्वी-उत्तरी भेग जोड्ने मार्तडी-कोल्टी सडक अवरुद्ध भएको छ।

मार्तडी-कोल्टी सडक अन्तर्गत बडीमालिका नगरपालिका-७ जिल्लीमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी रवीन्द्रसिंह कार्कीले जानकारी दिए।

सडक अवरुद्ध हुँदा मार्तडी-कोल्टी सडकमा चल्ने जिप तथा मालवाहक सवारी साधान ठप्प भएका छन् भने मानिस आवतजावतमा समेत समस्या भएको छ। रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।