एनआईसी एशिया बैंकको ग्राहकमैत्री नयाँ वेबसाइट सञ्चालनमा

0
Shares

आफ्ना ग्राहक महानुभावहरुको रुची बमोजिम विविध ग्राहकमैत्री योगदानहरु पस्कदैं आएको

एनआईसी एशिया बैंकले आफ्ना ग्राहकवर्गको सुविधालाई थप परिष्कृत गर्ने उद्देश्यको साथ नयाँ वेबसाइट www.nicasiabank.com सार्वजनिक गरेको छ ।

बैंकको सेवा सुविधाकोे विवरण हेर्न चाहनेहरुको लागि अन्तरक्रियात्मक शैलीमा जानकारी प्रस्तुत गर्नुको साथै उक्त वेबसाइट नेपाली भाषामा समेत उपलब्ध गराइएको बैंकले जनाएको छ ।

ग्राहक महानुभावहरुले नेपाली भाषामा बैंकका सूचनाहरु उक्त वेबसाइटबाट प्राप्त गर्न सक्नेछन् । गूगल म्याप लाई समेत संलग्न गरिएकोले उक्त वेबसाईटबाट सजिलै बैंकको शाखा, एक्स्टेन्सन काउण्टर, एटिएम रहेको स्थान सजिलै पत्ता लगाउन सकिने बैंकले जनाएको छ।

वेबसाईटलाई मोबाइलबाट पनि चलाउन मिल्ने गरी डिजाइन गरिएकोले ग्राहकले जुनसुकै स्थानबाट पनि आफ्नो स्मार्टफोन मार्फत वेबसाइट चलाउन सक्ने सुविधा प्रदान गरिएकोे बैंकको भनाई छ।

वेबसाईटमा प्रयोगकर्ताको रुची अनुसार बैंकले उपलब्ध गराउने विभिन्न सुविधा तथा जानकारी प्रयोगकर्ताको वेब–ब्राउजरमा स्वचालित सूचना मार्फत पठाउन सकिने प्रविधिको समेत प्रयोग गरिएको तथा आफुलाई मनपरेका जानकारी र सुचना सामाजिक सन्जालमा शेयर गर्न सकिने गरी ब्यवस्था मिलाईएको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिए।

बैंकको नयाँ वेबसाइट सार्वजनिक भएसँगै बैंकले डिजीटल प्रविधिको उच्चतम प्रयोग गरी गतिशील बैंकिङ्गको अभ्यासलाई थप टेवा पुग्ने विश्वास लिएको छ र ग्राहकलाई बैंकको बारेमा जानकारी लिन वा सेवा उपभोग गर्न अत्यन्त सहज हुने कुरामा पूर्ण विश्वस्त रहेको छ ।