नौबिसे–नागढुंगा सडक पाँच घण्टा बन्द हुने


नौबिसे–नागढुंगा सडकखण्ड आज राति पनि बन्द हुने गरिने भएको छ । त्रिभुवन राजथपअन्तर्गत पर्ने नौबिसे खोलामा बन्दै गरेको पुलको काम भइरहेकाले सम्भावित जोखिमलाई मध्यनजर गरी गए राति बन्द गरिएको सडकमा आज पनि सवारी साधन आपतजावतमा प्रतिबद्ध लगाउन लागिएको हो ।

उत्त, सडक आज राति १० बजेदेखि बिहान ३ बजेसम्म दुईतर्फी बन्द गर्न लागिएको हो । दिउँसोको समयमा गाडीको चाप बढी हुने भएकाले रातिको समयमा पाँच घण्टा सवारी आवागमन बन्द गरेर काम गर्न थालिएको नागढुंगा मुग्लिन सडक आयोजना (पूर्वी खण्ड)का सिनियर डिभिजन इन्जिनियर ईश्वरबहादुर रिजालले जानकारी दिएका छन् ।

पुलको आरसीसी विम (प्रिकास्ट ब्रिज गर्डर) पुलभन्दा बाहिरको जमिनमा बनाइएको छ । त्यसलाई क्रेनले उचालेर पुलको दुवैतर्फको पिल्लर (एभिडमेन्ट)मा राख्ने काम भइरहेको उनले बताए । एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक अन्य सवारीसाधनलाई पूर्णरूपमा रोक्ने गरिएको छ ।

उक्त समयमा दुईपांग्रे तथा साना सवारीसाधन प्रयोगकर्ताले वैकल्पिक मार्गको रूपमा धार्के सीतापाइला सडक प्रयोग गर्न सक्ने उनले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।