रास्वपा तत्काल सरकारबाट नबाहिरिने


सत्ता साझेदार पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तत्काल सरकारबाट नबाहिरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको करिब २ घण्टाको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट तत्काल बाहिरिने सम्भावना कम भएको केन्द्रीय सदस्य एवं सङ्घीय सांसद अशोककुमार चौधरीले जानकारी दिए ।

उनका अनुसार पार्टी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा रहने नरहनेबारे पार्टीमा छलफल जारी छ अहिलेलाई भने यथावत् नै हुने बताए । पार्टीबाट गृहसहित चार जना मन्त्री सहभागी छन् ।

बुधवार नेकपा (एमाले) सरकारबाट बाहिरिएपछि सत्ता गठबन्धनका दुई ठुला दल माओवादी केन्द्र र रास्वापका शीर्ष नेताबिचको बिहीबार बिहान प्रधानमन्त्रीसँग छलफल भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।