बजार निर्माता तथा बिक्री एजेन्टहरुको इजाजतपत्र खारेज

0
Shares

नेपाल राष्ट्र बैंकले जारी गरेका सम्पूर्ण बजार निर्माता र बिक्री एजेन्टहरुको इजाजतपत्र खारेज गरेको छ ।

राष्ट्र बैंकले एक सूचना जारी गर्दै असार १ देखि सरकारी ऋणपत्रहरुको निष्काशन, नविकरण, दोस्रो बजार कारोवार र भुक्तानी लगायतका कार्य सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट भइरहेको जानकारी गराउँदै बजार निर्माता तथा बिक्री एजेन्टहरुको इजाजतपत्र खारेज गरीएको जनाएको छ ।

यस्तै राष्ट्र बैंकले नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकमार्फत जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका धनीहरुलाई भुक्तानी लिन समेत आग्रह गरेको छ ।

कतिपय धनीहरुले २०८१ जेठ मसान्तसम्म परिपक्व भएको साँवा तथा आर्जित ब्याज रकम भुक्तानी लिन बाँकी रहेको देखिएको भन्दै यथाशिघ्र भुक्तानी लिन सम्बन्धित सबै बचतपत्र धनीलाई अनुरोध गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।