काठमाडौं महानगरका सामुदायिक विद्यालयलाई नेपाल बैंकबाट विशेष छुटसहितको बैंकिङ सेवा

0
Shares

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र काठमाडौं महानगरपालिका बीच बैंकिंङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ।

मंगलबार भएको सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारले हस्ताक्षर गरेका छन्।

सम्झौताबमोजिम काठमाडौं महानगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयहरुलाई बैंकले विशेष छुटसहितको बैंकिङ सेवा उपलब्ध गराउने एवं सामुदायिक विद्यालयहरुमा कार्यरत सम्पूर्ण स्थायी, करार, आंशिक तथा ज्यालादारीरप्राविधिक शिक्षकरकर्मचारीहरूले नेपाल बैंकको सबै शाखाबाट छुटसहित आकर्षक बैंकिंङ सेवा सूविधा पाउने गरी तलबी बचत खाता खोल्न सक्नेछन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।