नेपाल टेलिकम र नबिल बैंकबीच पेमेन्ट गेटवे सेवा संचालन सम्बन्धी सम्झौता

0
Shares

नेपाल दुरसंचार कम्पनी र नबिल बैंक बीच पेमेन्ट गेटवे सेवाका लागि बिशेष सम्झौता भएको छ ।

नेपाल टेलिकमले आफ्नो १६ औं बार्षिकोत्सबको बिशेष अवसर पारेर नबिल बैंक संगको सहकार्यमा पेमेन्ट गेटवे सेवा संचालनमा ल्याएको हो ।

यस सेवा अन्तर्गत नेपाल टेलिकमका ग्राहकहरुले पहिलो चरणमा टेलिकमको वेबसाइटमा रहेको कार्ड पेमेन्ट सुविधा मार्फत सम्पूणै भिसा तथा मास्टर कार्डहरु प्रयोग गरी पोस्टपेड तथा प्रिपेड मोबाइल रिचार्ज टपअप गर्न सक्ने छन्।

साथै निकट भविष्यमा यो सेवा नेपाल टेलिकमको मोबाईल एप मार्फत पनि उपलब्ध गराईने टेलिकमले जनाएको छ ।

नेपालमा विधुतीय पेमेन्ट प्रणालीको विकासका लागि यो सहकार्य कोशेढुंगा सावित हुने विश्वास लिएइएको छ ।

प्रकाशित मिति: २४ माघ २०७६, शुक्रबार  १० : २२ बजे