सिटिजन्स बैंकमा बचत राख्दा स्वास्थ्यको पनि ‘केयर’, ‘होल बडी चेकअप’ देखि दाँतसम्मको उपचार

0
Shares

सिटिजन्स बैंकले ग्राहकको स्वास्थ्यलाई समेत ख्याल राख्दै बचत योजना सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएको हेल्थ एण्ड वेल्थ योजना अन्तरगत ग्राहकको होलबढी चेक अप देखि आँखा, दाँत र छालाको समेत उपचार सुविधा दिने भएको हो ।

बैंकले आफ्नो १७ औ वार्षिक उत्सवको अवसरमा गत बैंशाख देखि सञ्चालनमा ल्याएको सिटिजन्स हेल्थ एण्ड वेल्थ बचत योजनाका बचतकर्ताले वर्षको एक पटक निशुल्क होल बडी चेकअपको सुविधा पाउनेछन । उक्त योजनामा ग्राहकले खाता खोल्दा न्यूनतम ३ लाख रुपैयाँ मौज्दात राख्नुपर्ने बताउँदै बैंकका डिपोजीट मार्केटिङ प्रमूख पारस बिक्रम थापाले भने,“वर्षको एक पटक निशुल्क होलबडी चेकअप संगै ५ पटक स्कीन सम्बन्धी कन्सल्टेसन, २ पटक दाँत र एक पटक आँखा सम्बन्धी कन्सल्टेसन सुविधा छ ।”

उक्त योजनाका बचत कर्ताले अन्य बचतकर्ताको तुलनामा धेरै अर्थात वार्षिक ५.१५ प्रतिशत ब्याज पाउने छन भने पहिलो एक वर्षका लागि निशुल्क डेबिट कार्ड, इन्टरनेट बैंकिङ र मोवाईल बैंकिङ सुविधा पाउने थापाले जानकारी दिए ।

“यस योजना अन्तरगतका बचतकर्ताले न्यूनतम मौज्दात बाहेक खातामा रहेको रकमलाई मुद्दती निक्षेपको रुपमा पनि रुपान्तरण गर्न सक्छन,” थापाले भने, “मुद्दती निक्षेपको रुपमा मासिक न्यूनतम एक सय रुपैयाँदेखि जतिपनि रकम राख्न सकिन्छ । यसरी मुद्दत्ती निक्षेपको रुपमा राखिने रकममा ब्याजदर पनि धेरै आउछ ।” यसलाई बैंकले फोर्स ईमरजेन्सी फण्डको नाम दिएको छ । यो भनेको हेल्थ एण्ड वेल्थ बचत खाता खोल्दा स्वत रिकरिङ डिपोजीट योजना पनि हुनेछ।

उक्त योजना अन्तरगतका बचतकर्ताले आफुलाई पैसा चाहिएको समयमा खातालाई सुन्य मौज्दातको बचत खाताको रुपमा परिवर्तन गरेर भिक्न सक्ने थापाको भनाइ छ । यसरी खाताको प्रकृति परिवर्तन गरेपछि भने हेल्थ एण्ड वेल्थ बचत योजनाले दिने सुविधाहरु नपाउने उनले बताए ।

सिटिजन्स बैंकले सञ्चालन गरेको सबै खालका सुविधा पाइने बचत योजना बैकिङ क्षेत्रकै लागी नयाँ हो । यस्ता सुविधाहरु भएका बचत योजनाहरु अन्य बैंक तथा वित्तीय संस्थाले हालसम्म सञ्चालन गरेका छैनन । यो योजनाले बैंकिङ सुविधा मात्र नभई ग्राहकको स्वास्थ्यको विषयमा समेत ध्यान दिने भएकाले पनि अन्य योजनाको तुलनामा प्रभावकारी हुने थापाको बुझाइ छ ।

यो योजनाका बचतकर्ताले विद्युतीय फार्मेसी मार्फत औषधि खरिद गरेको खण्डमा विषेश छुट पाउनेछ भने मसाज एण्ड सैलुनमा समेत विषेश छुट पाउने बैंकले जनाएको छ । त्यसैगरी हेल्थ एण्ड वेल्थका बचतकर्ताले लकर शुल्कमा समेत ५० प्रतिशत छुट पाउनेछन ।

त्यसैगरी एक लाख रुपैयाँसम्मको मेडिकल क्रेडिट कार्डमा शुल्क समेत छुट रहेको छ । साथै उक्त योजनाका बचतकर्ताले सिटिजन्स क्यापिटलबाट पोर्टफोलियो म्यानेजमेन्ट सभिर्समा समेत ५० प्रतिशत छुट पाउने छन भने विदेशी विनियमको कारोबारमा १० पैसा छुट तथा थप सुविधा रहेको उनले जानकारी दिए । बैंकले उक्त योजनाका ग्राहकलाई डलर ट्राभल कार्ड जारी गर्दा २५ र इ–कम कार्डमा ५० प्रतिशत डिस्काउन्ट दिने जनाएको छ ।

यो योजनालाइ लक्षीत गरेर बैंकले हालसम्म ५ वटा हस्पिटलहरुसंग सहकार्य गर्ने सम्झौता गरीसकेको छ । त्यसैगरी बैंकले यो योजना अन्तरगतको सुविधा ग्राहकलाई उपलब्ध गराउन सम्बन्धीत संस्थाहरु तोक्ने थापाले बताए । हालका लागि यो सुविधा काठमाडौ उपत्यका भित्र प्रभावकारी रुपमा कार्यान्वयनमा आएको भएपनि उपत्यका बाहिर पनि काम अघि बढाइसकेको थापाको भनाई छ। यो योजनामा सहभागी हुनका लागि ग्राहकले सिटिजन्स बैंकको जुनसुकै शाखामा गएर खाता खोल्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।