दोलखामा बाढीले तीन घर बगायो, एकजना बेपत्ता


दोलखाको गौरीशंकर गाउँपालिका–९, डोडाङमा अविरल वर्षापछि आएको बाढीमा परेर सोही स्थानका एकजना बेपत्ता भएका छन् । बाढीले तीन घर बगाएको छ ।

शुक्रबार राति रोल्वालिङ खोलाको बाढीमा परी रोल्वालिङ पदमार्ग डोडाङमा होटेल सञ्चालन गर्दै आएकी ६४ वर्षीया जाङ्मु शेर्पा सम्पर्कविहीन भएकी गौरीशंकर–९ का वडाध्यक्ष निमा गेली शेर्पाले बताए । बाढीबाट भएको क्षतिको विवरण संकलन भइरहेको उनले बताए ।

छ्योतछयोत सिमिगाउँका जाङ्मु शेर्पा करिब ३० वर्षदेखि डोडाङमा होटेल व्यवसाय गर्दै आएकी थिइन् । रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।