कान्तिलोकपथ आयोजनाका सूचना अधिकारी तथा इञ्जिनियर रविन्द्र महर्जनले दिएको जानकारीअनुसार बर्सातका कारण ‘फास्ट ट्रयाक’को माटो र लेदो अविरल बर्सातका कारण पहिरो जाँदा कान्तिलोकपथमा आवागमन अवरुद्ध भएको छ।
शुक्रबारदेखिको वर्षाले ललितपुरको बागमती गाउँपालिका-३ कार्कीबासमा पहिरो जाँदा सडक अवरुद्ध हुन पुगेको भट्टेडाँडा प्रहरीचौकीका प्रमुख उद्धव महतले जानकारी दिए।
कान्तिलोकपथ आयोजनाका सूचना अधिकारी तथा इञ्जिनियर रविन्द्र महर्जनले दिएको जानकारीअनुसार बर्सातका कारण ‘फास्ट ट्रयाक’को माटो र लेदो पानीले बगाएर बगुवा पुलमा जम्मा भएको हुँदा आवतजावतमा समस्या छ।
अविरल वर्षा जारी रहेको भए पनि ललितपुरको दक्षिणी भेगमा हालसम्म क्षति भएको प्रहरी प्रमुख महतले बताए। महाँकाल गाउँपालिकाका प्रमुख गणेश केसीले भने, ‘अहिलेसम्म लेले चन्दनपुर मुख्य सडक बन्द भएको छैन।’ रासस
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया