ओलीलाई बालेनले भने-‘तपाईले पचाउन खोजेको गिरिबन्धुमा १५ हजार बाढी पीडित परिवार व्यवस्थापन हुन्छन्’


काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै तपाईले पचाउँन खोज्नु भएको गिरिबन्धुमा १५ हजार बाढी पिडित परिवार व्यवस्थापन हुन सक्ने बताएका छन् ।

केही घण्टाकै वर्षामा कतिपय बस्ती डुबानमा परेको भन्दै समस्या समाधानमा जोड दिदैँ उनले बाढी पिडित परिवार व्यवस्थापन गर्न निर्देशन दिएका हुन् ।

शनिबार बेलुका उनले सामाजिक सञ्जालमा लेखेका छन्, “तपाईंले पचाउन खोज्नुभएको गिरीबन्धुमा यस्ता १५,००० परिवार व्यवस्थापन हुनसक्छ, अब त प्रधानमन्त्री’नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुईतिहाइ बहुमतसहित । अब यो समस्याको समाधान गर्नुहुनेछ भन्ने आशा लिएको छु ।”

खोला बस्तीमा पसेको नभएर आफ्नो बाटो खोजेको उनले उल्लेख गरेका छन् । “आज एक दिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो । अनि ठूलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सधैँ गरिरहने हो ?,” उनले प्रश्न गरेका छन् । मेयर बालेनले प्रभावित स्थानीयको उचित व्यवस्थापनमा समेत जोड दिएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ असार २०८१, आइतबार  ०६ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।