सप्तकोसी नदीको जलसतह बढ्दै, ४१ ढोका खोलिए


सप्तकोसी नदीको जलसतह बढ्दै गएको छ । आज बिहान ६ बजेसम्म कोसी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ ।

सप्तकोसी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोसी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् ।

सप्तकोसी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोसी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ असार २०८१, आइतबार  ०७ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।