भारत कन्स्ट्रक्सन सहित दुई दर्जन कम्पनी कालोसूचीमा, तीन वर्षसम्म खरिद प्रक्रियामा भाग लिन नपाउने


सार्वजनिक खरिद अनुगमनको कार्यालयले भारत कन्स्ट्रक्सन सहित दुई दर्जन कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले २४ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो ।

सार्वजनिक निकायले कालोसूचीमा राख्न सिफारिस गरेअनुसार खरिद कार्यालयले उक्त कम्पनीहरुलाई कालोसूचीमा राखेको हो ।

कार्यालयले सडक विभाग, गल्छी त्रिशुली नैलुङ्ग स्याफ्रुबेसी रसुवागढी सडक योजनाको सिफारिसमा भारत कन्स्ट्रक्सन सिद्धिसाई जे.भी. नयाँ बानेश्वरलाई ३ वर्षको लागि कालोसूचीमा राखिएको छ ।

यस्तै, पूर्वाधार विकास कार्यालय उदयपुरको सिफारिसमा विवश इन्टरनेसनल कन्स्ट्रक्सन एन्ड सप्लायर्सलाई ३ वर्षको लागि कालोसूचीमा राखिएको छ ।

यस्तै, हिमालयन इन्फ्रास्ट्रक्चर एन्ड कन्स्ट्रक्सन प्रालिलाई ३ वर्ष, भुमि ओम बुद्ध बुद्ध जे.भी र गुप्ता पावरलाई २ वर्ष ६ महिनाको लागि कालोसूचीमा राखिएको छ । कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने कार्यालयले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ असार २०८१, आइतबार  ०८ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।