आइतबार सुनको भाउले नयाँ उचाइ कायम गरेको छ । प्रतितोला एक हजार रुपैयाँले बढेसँगै सुनको भाउ नयाँ उचाइमा पुगेको हो । सुनको भाउले यसअघि जेठ २५ गते १ लाख ४५ हजार रुपैयाँ पुगेर नयाँ उचाइ कायम गरेको थियो ।
आइतबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आइतबार प्रतितोला चाँदीको मूल्य २० रुपैयाँ बढेको छ । शुक्रबार १ हजार ८७० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस सुन २ हजार ३६२ दशमलव ६४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर ५५ पैसामा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया