राकुराले ल्यायो विश्वकै स्वस्थवर्द्धक, वातावरण मैत्री र दिगो टि–ब्याग


राकुराले नेक्स्ट जेनरेसन चिया उत्पादनहरू लन्च गरेको छ । जसले नेपालको चिया उद्योगमा नयाँ मापदण्ड स्थापित गर्नुका साथै विश्वमा नेपाली चियालाई नयाँ उचाई दिनेगरीको फड्को मारेको छ ।

राकुराले आफ्नो क्रान्तिकारी ’म्याजिक नट’ टि–ब्याग सार्वजनिक गरेको छ– जुन विश्वकै पहिलोमध्ये एक अत्याधुनिक ’ट्यान्डेम एयर–नटेड’ प्रविधि प्रयोग गरेर बनाइएको छ।

यो नयाँ गैर–ताप सिल (नन् हिट सिल) गरिएको, दुई खण्ड भएको चियाको थैलीको डिजाइनले विश्वकै पहिलोमध्ये एक र नेपालको एकमात्र पूर्ण प्लास्टिक र ग्लु मुक्त टि–ब्याग हुने छ।

उक्त प्रविधि र नयाँ अत्याधुनिक, अनब्लिच्ड फिल्टर कागज (जसमा क्लोरिन, एपिक्लोरोहाइड्रिन र अन्य हानीकारक पदार्थहरूले नयाँ उत्पादनलाई उत्कृष्ट स्वच्छ स्वादको चिया अनुभव प्रदान गर्दछ र विश्वकै पहिलो इप्ऋइःएइक्त् प्रमाणित, घरमै कम्पोस्ट गर्न मिल्ने चियाको थैली बनाउँछ।

चिया उद्योगमा ५ दशकभन्दा बढीको अनुभवमा आधारित, राकुराले पछिल्लो जुस रड्स प्रविधिको विकासका साथ आफ्नो सबै चियाहरुलाई विश्वकै पहिलोमध्ये एक पूर्ण प्राकृतिक तथा प्रमाणित जैविक, चिया इन्फ्युजनहरू मात्र हुने पनि घोषणा गरेको छ।

कम्पनीले २१ नयाँ प्रकारका चियाहरू पनि उत्पादन गरेको छ साथै आफ्नो मौजुदा चियाहरू र मिश्रणहरूमा सुधार गरेको छ, जुन विश्वकै सबैभन्दा ठूलो चियाको कलेक्सनमध्ये एक हुने कम्पनीले विश्वास लिएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।