प्रभु बैंकले शेयरधनीको डिम्याट खातामा पठायो १६ प्रतिशत बोनस

0
Shares

प्रभु बैंक (PRVU) ले १६ प्रतिशत बोनस साधारण सभाका लागि बुकक्लोज मिति (कात्तिक २५ गते) सम्म कायम शेयरधनीको हितग्राही खातामा पठाएको छ।

बुकक्लोज मिति पश्चात शेयर अभौतिकिकरण गर्ने शेयरधनीको हकमा पनि क्रमश: शेयरधनीको डिम्याट खातामा बोनस पठाउँदै जाने बैंकको शेयर रजिष्ट्रार प्रभु क्यापिटलले जनाएको छ।

बैंकको २०७६ मंसिर ६ गते सम्पन्न १८ औं वार्षिक साधारण सभाबाट आव २०७५/७६ को मुनाफाबाट प्रस्तावित उक्त बोनस पारित भएको थियो।