सांग्रिला डेभलपमेन्ट बैंक र भूमि व्यवस्थापन तथा अभिलेख विभागबिच समझदारी


काठमाण्डौंस्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच समझदारी भएको छ ।

अनलाइन प्रणाली मार्फत धितो बन्धक रोक्का\रोक्का फुकुवा गर्ने सम्बन्धमा समझदारी पत्रमा सोमबार हस्ताक्षर भएको हो ।

सम्झौतामा सांग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले र भूमि व्यवस्थापन तथा अभिलेख विभागको तर्फबाट विभागका महानिर्देशक कृष्ण प्रसाद सापकोटाले हस्ताक्षर गरी समझदारी पत्र आदान प्रदान गरेका छन् ।

नेपाल सरकारले आफू मातहतका निकायहरूलाई डिजिटाईशेन गर्ने क्रममा लग्दै गएको र सो अन्तर्गत नै अनलाइन मार्फत रोक्का\रोक्का फुकुवा गर्दा मालपोत कार्यालयमा धेरै भिडभाड नहुने र सेवाग्राहीले पनि सहज तथा सरल तरिकाले सेवा उपभोग गर्न पाउने भएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।