अवरुद्ध डुम्रे-बेँसीसहर सडक सञ्चालन


पहिरोले अवरुद्ध डुम्रे-बेँसीसहर सडक खुलेको छ।मंगलबार साँझदेखिको वर्षाले गएराति यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका-१ अँधेरिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईँले पहिरो पन्छाएर आज बिहान ११ बजेपछि सडक सञ्चालन भएको बताए। सडक अवरुद्ध हुँदा बेँसीसहरबाट काठमाडौं, पोखरा र चितवन र ती स्थानबाट बेँसीसहरका साथै मनाङ जाने यात्री प्रभावित भएका थिए। रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।