बिहीबार सुनको भाउ प्रतितोला ८०० रुपैयाँ बढ्यो


बिहीबार सुनको भाउ प्रतितोला ८०० रुपैयाँले बढेको छ । बुधबार स्थिर रहेको सुनको भाउ बिहीबार प्रतितोला ८०० रुपैयाँ बढेको हो ।

बिहीबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, बिहीबार चाँदी १ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस सुन २ हजार ३८० दशमलव १८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३१ डलर ०३ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।