स्रोत नखुलेको ३८ लाख रकमसहित एकजना पक्राउ


काठमाण्डौं महानगरपालिका-२२ सुन्धाराबाट स्रोत नखुलेको ३८ लाख रूपैयाँसहित चितवन भरतपुर महानगरपालिका-१५ गणेशटोल निवासी ४८ वर्षीय माधव श्रेष्ठलाई पक्राउ गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाण्डौंबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित पक्राउ गरेको हो। साथै प्रहरीले बाप्र २०४८ प ८१३० नम्बरको स्कुटर र एक थान मोबाइल पनि बरामद गरेको छ।

यसैबीच, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-७ कुमारीगाल बस्ने ५२ वर्षीय मणिराम पौडेललाई प्रहरीले पक्राउ गरेको छ।

बैंकिङ कसुर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट २०८१ असार १२ गते पक्राउ अनुमति जारी भइ फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका कुमारीगालबाट पक्राउ गरेको हो। उनलाई प्रहरी वृत्त गौशालाले हिरासतमा लिएर अनुसन्धान थालेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ। रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।