सिद्धार्थ बैंकद्वारा पाँच वर्ष पुरानो नगद लाभांश संकलन गर्न सेयरधनीलाई आग्रह

0
Shares

सिद्धार्थ बैंक लिमिटेडले सेयरधनीहरुलाई पाँच वर्ष पुरानो नगद लाभांश रकम बुझिलिन आग्रह गरेको छ ।

बैंकले एक सूचना जारी गर्दै विभिन्न साधारण सभाबाट पारित भएको लाभांश रकम कतिपय सेयरधनीले अझै पनि नलिएकाले त्यस्ता सेयरधनीलाई नगद लाभांश बुझिलिन बैंकले आग्रह गरेको हो ।

सेयरधनीहरु वा नजिकका हकवालाहरुले सूचना प्रकाशित भएको १ महिनाभित्र बैंकको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा आवश्यक कागजात तथा विवरणसहित सम्पर्क गर्नुपर्ने बैंकले जानकारी दिएको छ ।

उक्त मितिभित्र पनि नगद लाभांश बुझिलिन नआएमा उक्त अवधिको बुझिलिन बाँकी रहेको नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।

नगद लाभांश बुझ्न बाँकी सेयरधनीहरुको विस्तृत विवरण बैंकको आधिकारीक वेबसाइटमा राखिएको बैंकले बताएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।