शुक्रबार पनि बढ्यो डलर, यस्तो छ भाउ


अमेरिकी डलरको भाउ शुक्रबार पनि बढेको छ । बुधबारको तुलनामा बिहीबार बढेर खरिद दर १३३ रुपैयाँ ३४ पैसा र बिक्री दर १३३ रुपैयाँ ९४ पैसामा कारोबार भएको अमेरिकी डलर शुक्रबार खरिद दर १३३ रुपैयाँ ४० पैसा र बिक्री दर १३४ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरोको खरिद दर १४४ रुपैयाँ ७५ पैसा र बिक्री दर १४५ रुपैयाँ ४० पैसामा कारोबार भइरहेको छ ।

आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी, शुक्रबार बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ७३ पैसा र बिक्री दर १७२ रुपैयाँ ५० पैसामा कारोबार भइरहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ १० पैसा र बिक्री दर ९० रुपैयाँ ५० पैसा रहेको छ ।.

शुक्रबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४६ पैसा र बिक्री दर २८ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ५७ पैसा र बिक्री दर ३५ रुपैयाँ ७३ पैसा रहेको छ । शुक्रबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६७ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ७१ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।