शुक्रबार प्रतितोला १८०० रुपैयाँले बढेसँगै सुनको भाउ पुग्यो रेकर्ड बिन्दुमा


शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ हजार ८०० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ८०० रुपैयाँले बढेको सुनको भाउ शुक्रबार १ हजार ८०० रुपैयाँले बढेको हो ।

बिहीबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

उक्त भाउ हालसम्म कै उच्च हो । यसअघि असार २३ गते १ लाख ४५ हजार ४०० रुपैयाँ पुगेको सुनको भाउले रेकर्ड कायम गरेको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदी १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस सुन २ हजार ४०८ दशमलव ५५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३१ डलर १९ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।