सिटिजन्स बैंक र ब्लुक्रस डेन्टल क्लिनिकबीच छूट दिने समझदारी


सिटिजन्स बैंक इन्टरनेशनल र काठमाडौंको ग्वार्कोस्थित ब्लुक्रस डेन्टल क्लिनिक बीच बैंकका ग्राहकहरूलाई विशेष छूट दिने समझदारी भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले ब्लु क्रस डेन्टल क्लिनिकमा २० सम्मको आकर्षक छूट पाउनेछन् । यस किसिमको सहकार्यबाट कम्पनीका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास कम्पनीले लिएको छ ।

कम्पनीले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको बताएको छ । डिजिटल कारोबार गर्दा पाइने छूट सम्बन्धी विस्तृत विवरणहरू कम्पनीको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ ।

कम्पनीले देशैभरी ६० जिल्लामा फैलिएका १९७ वटा शाखा, १६० वटा एटीएम, ३ वटा विस्तार काउन्टर र ९८ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट करिव १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।