प्रभु बैंक लिमिटेडले बैंकमा ५० लाखभन्दा बढि मुद्दती निपेक्ष जम्मा गरेका ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अपडेड गर्न आग्ह गरेको छ ।
बैंकले एक सूचना जारी गर्दै बैंकमा मुद्दती खाता हुनेले यहि असार मसान्तभित्र खाता अपडेट गराउन भनेको हो ।
बैंकले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०८० को इ.प्रा निर्देशन नं १६ बुँदा नं ३ (८) बमोजिम बैंक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा रु ५० लाखभन्दा बढिको मुद्दती निक्षेप स्वीकार गर्दा निक्षेपकर्ताको स्थायी लेखा नम्बर अनिवार्य रुपमा लिनुपर्ने छ ।’
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया