सोल्टी होटलको नाफा घट्यो, ६ महिनामा कमायो ११ करोड ५९

0
Shares

सोल्टी होटल (SHL) ले आर्थिक वर्ष ०७६/०७७ को दोस्रो त्रैमाससम्ममा ११ करोड ५९ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत आर्थिक वर्षको यसै अवधिको तुलनामा होटलको खुद नाफा साढे २३ प्रतिशतले घटेको हो ।

गत आर्थिक वर्षको पुससम्ममा होटलले १५ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

होटलको सञ्चालन मुनाफा र आम्दानीमा आएको गिरावटसँगै खुद नाफा गरेको थियो । होटलले चालु आर्थिक बर्षको ६ महिना अवधिमा व्यापार व्यवसाय तथा सेवाको बिक्री मार्फत ८२ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको छ।  यो गत आवको यसै अवधिको तुलनामा ५ करोड ९३ लाख रुपैयाँ कम हो ।

गत वर्षको यसै अवधिमा होटलले व्यापार व्यवसायबाट ८८ करोड ५ लाख रुपैयाँ आम्दानी गरेको थियो।

होटलले चुक्ता पूँजी १० प्रतिशतले बढाएर ७३ करोड २६ लाख रुपैयाँ र्पुयाएको छ भने जगेडा कोषमा एक अर्ब एक करोड १२ लाख रुपैयाँ जम्मा गरेको छ। होटलको प्रतिशेयर आम्दानी एक रुपैयाँ ५८ पैसा, प्रतिशेयर नेटवर्थ २३ रुपैयाँ ८० पैसा छ।