ट्रम्पलाई गोली हान्ने व्यक्ति २० वर्षीय थोमस रहेको खुलासा


एफबीआईले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली चलाउने व्यक्ति बेथेल पार्क पेन्सिलभानियाका २० वर्षीय थोमस म्याथ्यु क्रुक्स रहेको खुलासा भएको छ । सो स्थान कार्यक्रम भएको बटलरबाट करिब ७० किमी ड्राइभिङ दुरीमा भएको एफबीआईले जनाएको छ ।

एफआईले सो घटना अझै अनुसन्धानमै भएको जनाउँदै घटनासम्बन्धी कुनै जानकारी भएमा सूचना दिन आग्रह गरेको छ ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।