प्रधानमन्त्री ओलीले लिए शपथ


नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीले शपथ लिएका हुन् ।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन् । प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

राष्ट्रपति पौडेलले शुक्रबार संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनको आह्वान गरेका थिए । सोहीअनुसार नेकपा एमाले र नेपाली कांग्रेसका १६६ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए । ओली संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।