प्रधानमन्त्री ओलीसहित दुई उपप्रधान र १९ मन्त्रीले लिए शपथ

0
Shares

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज २१ मन्त्रीले शपथ लिएका छन् । प्रधानमन्त्री ओलीको शपथ लगत्तै उपप्रधान तथा मन्त्रीहरूले शपथ लिएका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीसहित दुई उपप्रधानमन्त्री र १९ मन्त्रीहरुलाई शीतल निवासमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।

कांग्रेसबाट प्रकाशमान सिंह र एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्री बनेका छन् ।सिंहलाई सहरी विकास र पौडेललाई अर्थमन्त्रालयको जिम्मेवारी दिइएको छ । सिंह र पौडेल विगतमा पनि पटक पटकमन्त्री भएका व्यक्ति हुन् ।

कांग्रेसबाट प्रमुख सचेतक रहेका रमेश लेखकलाई गृह मन्त्रालयको जिम्मा पाएका छन् । नयाँ सरकारमा कांग्रेसकी आरजु राणा परराष्ट्रमन्त्री बनेकी छन् ।

त्यस्तै दीपक खड्का ऊर्जा, अजय चौरसिया कानुन, ऐनबहादुर शाही वनमन्त्री बनेका छन् । तेजुलाल चौधरीलाई युवा तथा खेलकुद मन्त्री बनेका छन् ।कांग्रेसको शेखर कोइरालाबाट स्वास्थ्यमन्त्रीमा प्रदीप पौडेल, पर्यटनमा बद्री पाण्डे र कृषिमा रामनाथ अधिकारीले जिम्मेवारी पाएका छन् ।

एमालेबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सञ्चारमन्त्री बनेका छन् । मधेशबाट राजकुमार गुप्ताको गुप्तालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मा दिइएको छ । त्यस्तै सोलुखुम्बुका सांसद मानवीर राई रक्षामन्त्री बनेका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा बलराम अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी बनेका छन् । भण्डारी र अधिकारी उनीहरू पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पनि सोही जिम्मेवारीमा थिए।

त्यस्तै शिक्षामन्त्रीमा विद्या भट्टराई र देवेन्द्र दाहाल भौतिक पूर्वाधार मन्त्रालयी बनेका छन् । लोसपाबाट शरदसिंह भण्डारी श्रममन्त्री बनेका छन् । त्यस्तै जसपाबाट नवलकिशोर साह सुडी महिला बालबालिका तथा जेष्ठ नागरिक र प्रदीप यादव खानेपानी मन्त्री बनेका छन् ।

प्रधानमन्त्री

केपी शर्मा ओली

उपप्रधानमन्त्रीहरु

१. प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास
२. विष्णु पौडेल – उपप्रधान तथा अर्थ

मन्त्रीहरु

३. पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि
४. रमेश लेखक – गृह
५. प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या
६. आरजु राणा – परराष्ट्र
७. बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
८. बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
९. दामोदार भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति
१०. नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
११. देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात
१२. विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि
१३. अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला
१४. तेजुलाल चौधरी – युवा तथा खेलकुद
१५. मानवीर राई – रक्षा
१६. दीपक खड्का – ऊर्जा
१७. राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन
१८. ऐनबहादुर शाही – वन तथा वातावरण
१९. शरतसिंह भण्डारी– श्रम, रोजगार तथा सामाजिक सुरक्षा
२०. प्रदीप यादव – खानेपानी
२१. रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।