हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई यस वर्षको इन्स्योरेन्स एसिया अवार्ड्सको दुईवटा अवार्ड


हिमालयन एभरेष्ट इन्स्योरेन्सले ‘डोमेस्टिक जेनेरल इन्स्योरर–नेपाल’ र ‘स्ट्राटजिक पार्ट्नरशिप अफ द इयर–नेपाल’ अवार्ड् पाएको छ । सिंगापुरमा आयोजित इन्स्योरेन्स एसिया अवार्ड २०२४ मा हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई दुईवटा अवार्डबाट सम्मानित गरिएको हो ।

यी दुवै अन्तर्राष्ट्रिय अवार्डहरूले डिजिटल सेवाहरू र एनसेल, इसेवा र खल्ती जस्ता कम्पनीहरूसँगको साझेदारीमार्फत वित्तीय समावेशीकरणलाई प्रवद्र्घन गर्न हिमालयन एभरेष्ट इन्स्योरेन्सले निर्वाह गरेको मुख्य भूमिकालाई उजागर गरेको छ ।

यी उपलब्धिहरूले बीमा उद्योगमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको नेतृत्व, नवप्रवर्तन र उत्कृष्टताप्रतिको समर्पणलाई बलियो बनाएको कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।