तीन वाणिज्य बैंकलाई पन्छाउँदै एनएमबि बैंकले किन्यो कञ्चन डेभलपमेन्ट बैंक

0
Shares

एनएमबि बैंक (NMB) ले राष्ट्रिय स्तरको कञ्चन डेभपमेन्ट बैंकलाई प्राप्ति गर्ने भएको छ । सो सम्बन्धि दुई बैंकबीच माघ २६ गते (आइतबार) सम्झौता भएको हो ।

सम्पत्ति तथा दायित्व मूल्यांकन पश्चात स्वाप रेसियो तय गरिने प्रारम्भिक सम्झौता भएको छ। कन्चनले ८५ प्रतिशत स्वाप माग गरेको छ । एनएमबि बैंकले कन्चन डेभलपेमन्ट बैंकलाई ७५ रुपैयाँसम्म शेयर स्वापमा खरिद गर्ने संकेत गरेको छ । फाइनल स्वाप डिडिएकै आधारमा तय गरिने बताईएको छ।

यसअघि कन्चन डेभलपमेन्ट बैंकलाई खरिद गर्न एनआईसी एशिया, माछापुच्छ्रे र सिद्धार्थ बैंकले पनि प्रयास गरेका थिए । यी बैंकहरुले कञ्चन डेभलपमेन्ट बैंकसँग चरणवद्ध छलफल गरेपनि अन्तत एनएमबि बैंकले खरिद गर्ने पक्का भएको हो।

कञ्चन डेभलपमेन्ट बैंकको गत आर्थिक बर्षमा प्रस्तावित दश प्रतिशत बोनसपश्चात चुक्तापूँजी ५८ करोड ४४ लाख रुपैयाँ कायम हुनेछ । ५ जिल्ला कार्यक्षेत्र रहेको बैंकको १७ वटा शाखा कार्यालयहरु तथा ३ वटा एक्सटेन्सन काउन्टरहरु संचालनमा छन् ।

एनएमबि बैंकको ११ अर्ब ५२ करोड ९७ लाख चुक्ता पूँजी छ ।

अहिले दोस्रो बजारमा एनएमबि बैंकको प्रतिकित्ता ३६८ रुपैयाँ छ भने कन्चनको २८३ रुपैयाँ छ । कञ्चन डेभलपमेन्ट बैंकको प्रथम त्रैमास अनुसार कूल सम्पत्ति एक हजार २९४ रुपैयाँ र एनएमबिको दोस्रो त्रैमासको प्रतिवेदन अनुसार १ हजार ५१० रुपैयाँ रहेको छ । यस्तै कञ्चनको प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँख र एनएमबिको प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ रहेको छ ।