डिप्रोक्स लघुवित्तको पूँजी बढ्दा पनि प्रतिशेयर आम्दानी सन्तुलित

0
Shares

आर्थिक वर्ष ०७६/०७७ को दोस्रो त्रैमासमा डिप्रोक्स लघुवित्तको नाफा ३७ प्रतिशतले बढाएर प्रतिशेयर आम्दानी ४९ रुपैयाँ १२ पैसा कायम गरेको छ।

डिप्रोक्स लघुवित्तले पुस मसान्तसम्ममा २४ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । लघुवित्तको खुद नाफा गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ३७.२० प्रतिशतले धेरै हो । अघिल्लो पुससम्म लघुवित्तले १७ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन थियो ।

लघुवित्तले यस अवधिसम्म चार अर्ब ५७ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन तथा ७ अर्ब ३६ करोड ३७ लाख रुपैयाँ अन्य बैंक तथा वित्तिय संस्था मार्फत ऋण लिएर १२ अर्ब १४ करोड ५ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । जसबाट ५४ करोड २९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ

चुक्ता पूँजी एक अर्ब ५४ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ८० करोड ८९ लाख रुपैयाँ सञ्चित छ । लघुवित्तले गत आर्थिक बर्षको मुनाफाबाट ३० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

लघुवित्तको प्रतिशेयर ४९ रुपैयाँ १२ पैसा तथा प्रतिशेयर मूल्य आम्दानी अनुपात २०.९५ गुणा छ ।