लुम्बिनी विकास बैंकको नाफा वृद्धिदर सुस्त, ६ महिनामा कमायो २५ करोड

0
Shares

लुम्बिनी विकास बैंक लिमिटेड (LBBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा २५ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यसअघि प्रथम त्रैमासमा तीन प्रतिशतले नाफा वृद्धि गरेको बैंकको खर्चका शिर्षकहरु बढ्दा चालु आवको दोस्रो त्रैमासमा अघिल्लो आवको यसै अवधिको तुलनामा ०.७० प्रतिशत मात्र अर्थात १७ लाख ५४ हजार मात्र बढी हो।

आव २०७४/७५ बाट १७ प्रतिशत र २०७५/७६ बाट ५ प्रतिशत बोनस बाँडेर २ अर्ब ७१ करोड ६३ लाख रुपैयाँमा चुक्ता पूँजी कायम गरेको यस बैंकको खुद नाफामा सामान्य मात्र सुधार हुँदा वार्षिक प्रतिशेयर आम्दानीमा दबाब देखिएको छ । बैंकको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ४५ पैसा घटेर १८ रुपैयाँ ५७ पैसामा सीमित भएको छ।

बैंकको वितरण योग्य नाफा पुस मसान्तसम्ममा १७ करोड ३२ लाख २५ हजार रुपैयाँ रहेको छ। यसबाट बैंकले वार्षिक १२.७५ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्दछ।

जगेडा कोषमा १ अर्ब १९ करोड ९४ लाख रुपैयाँ सञ्चित रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५०.६५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९.९१ गुणा छ। यस्तै बैंकको शेयरधनी कोषमा १७ करोड ७८ लाख र शेयर प्रिमियममा ७६ हजार रुपैयाँ रहेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले २३ अर्ब ६३ करोड निक्षेप सङ्कलन गरी २३ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। यसबाट बैंकले गत आवको यसै अवधिको तुलनामा ८ करोड ३२ लाख रुपैयाँ बढी ५८ करोड ४८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। बैंकको सञ्चालन नाफा ३६ करोड १६ लाख रुपैयाँ छ।

बैंकको खराब कर्जा अनुपात ०.३५ बिन्दुले घटाएर १.९६ प्रतिशतमा झारेको छ । बैंकको पूँजीकोष अनुपात १४.५३ प्रतिशत, कोषको लागत ८.६१ प्रतिशत, र आधार ब्याजदर ११.१० प्रतिशत रहेको छ।