यो साता सुनको मुल्यले बनायो रेकर्ड पछि रेकर्ड


यो साता बिश्व बजारमा सुनको मुल्य बढ्दो क्रममा रहेको छ ।

ब्याजदर कटौती गर्ने अमेरिकी रिजर्भ बैंक (फेड) को संकेत र राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पको कम दर र ट्यारिफको संभावनाले सुनको खरिद बढ्न गई मुल्य बृद्धिमा चाप परेको बिश्लेषकहरुले बताएका छन्।

नेपाली बजारमा पनि यो साता सुनको मुल्यले एक पछि अर्को गरी नयाँ रेकर्ड राख्यो । साताको पहिलो दिन आइतबार प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ रहेको मुल्य साता तेस्रो र चौथो दिन क्रमशः नयाँ रेकर्ड बनाउँदै चौथो दिन बुधबार प्रतितोला मुल्य १ लाख ४९ हजार ८०० पुग्यो ।

त्यस पश्चात मुल्य सामान्य घटेर साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार १ लाख ४७ हजार ५ सय रुपैयाँमा झरेको छ । यो मुल्य साताको पहिलो दिनको तुलनामा पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रतितोला ८०० बढी हो ।

यो साता नेपाली बजारमा चाँदीको मुल्य भने सामान्य घटेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला १ हजार ८७५ रुपैयाँ रहेको मुल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रतितोला १ हजार ८३० रुपैयाँ कायम भयो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।