प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव बिनोद कुँवर


प्रधानमन्त्री केपी शर्मा ओलीको ‘निजी सचिव’मा सहसचिव बिनोद बहादुर कुँवर नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा कार्यरत सहसचिव कुँवरले आइतबार (भोली) देखि निजी सचिवको जिम्मेवारी सम्हाल्ने बताइएको छ ।

यस अघिसमेत प्रधानमन्त्री ओलीको प्रशासन महाशाखा प्रमुख रही सकेका कुँवर लामो समय प्रदेश बसाई पनि केही समयअघि मात्रै स्वास्थ्य मन्त्रालयको प्रशासन महाशाखा प्रमुखमा आएका थिए । प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव नियुक्त हुने उनी तेस्रो सहसचिव हुन् ।

मन्त्री तथा प्रधानमन्त्रीको निवासमा स्वकीय र मन्त्रालय तथा कार्यालयमा निजी सचिवालय रहने व्यवस्था छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।