प्राइम लाइफ र एभरेष्ट इन्स्योरेन्सको संयुक्त घुम्ति बीमा सेवा

0
Shares

प्राइम लाइफ इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले संयुक्तरुपमा घुम्ति बीमा सेवा संचालन गरेका छन् ।

बीमा समितिद्घारा जारी शाखारहित घुम्ति बीमा सेवा सम्बन्धि मार्गदर्शन–२०७६ मा व्यवस्था भए बमोजिम ग्राहकहरुलाई घरदैलोमा नै बीमा सेवा प्रदानगर्ने उदेश्यले उक्त घुम्ति बीमा सेवा आरम्भ गरेको जनाइएको छ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँइले ठाकुरद्घारा, वर्दियामा आयोजित कार्यक्रमबिच सो घुम्ति बीमा सेवाको शुभारम्भ गरे ।

सो अवसरमा अध्यक्ष चापागाँइले बीमालाइ आम जनतामाझ सरलरुपमा जानकारी गराई बीमा सेवा उपलब्धगराउन यसप्रकारका कार्यक्रमले सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।