सोमबार अमेरिकी डलरको भाउ स्थिर, युरोको मूल्य घट्यो


सोमबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ५७ पैसा र बिक्री दर १३४ रुपैयाँ १७ पैसामा कारोबार भइरहेको छ । आइतबार पनि अमेरिकी डलरको भाउ सोही भाउमा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार युरोको खरिद दर १४५ रुपैयाँ ३१ पैसा र बिक्री दर १४५ रुपैयाँ ९६ पैसामा कारोबार भइरहेको छ । आइतबार युरोको खरिद दर १४५ रुपैयाँ ४७ पैसा र बिक्री दर १४६ रुपैयाँ १२ पैसामा कारोबार भएको थियो ।

आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६३ पैसा र बिक्री दर ३६ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, सोमबार बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ५९ पैसा र बिक्री दर १७३ रुपैयाँ ३६ पैसामा कारोबार भइरहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ २६ पैसा र बिक्री दर ८९ रुपैयाँ ६७ पैसा रहेको छ ।.

सोमबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४९ पैसा र बिक्री दर २८ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ६१ पैसा र बिक्री दर ३५ रुपैयाँ ७७ पैसा रहेको छ । सोमबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ६५ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।